८ बैशाख २०८१, शनिबार
Follow Us

गोर्खाकप हेर्न एनआरएनए सहकोषाध्यक्ष मिलन छन्त्याल बेलायतमा

नेपालब्रिटेन डट कम्
१३ जेष्ठ २०८०, शनिबार १८:३४

लण्डन । आइतवार अल्डरशटमा हुने गोर्खा कप हेर्न गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष मिलन छन्त्याल बेलायत आएका छन् ।
छन्त्याललाई एनआरएनए उपमहासचिव रामशरण सिमखडाले शनिवार लण्डनस्थित ग्याटवीक विमानस्थलमा स्वागत गरे ।

बागलुंगमा जन्मिएका मिलन छन्त्याल हाल आयरल्याण्डमा बसोबास गर्छन् । उनी साइट म्यानेजरका रुपमा सेण्ट भिन्सेट यनिभर्सिटि हस्पिटल डब्लिनमा कार्यरत छन् ।
उनी विगत एक दशकदेखि एनआरएनएमा संलग्न छन् । छन्त्याल एनआरएनए आयरल्याण्डका पर्व अध्यक्ष हुन् । उनी सोमवार आयरल्याण्ड फर्किने बताइएको छ ।