८ चैत्र २०८२, आईतवार
Follow Us

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएन र नेपाली मूलका विदेशीका लागि छुट्टै डेस्क

नेपालब्रिटेन संवाददाता
८ चैत्र २०८२, आईतवार ११:५१

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गैरआवासीय नेपाली (एनआरएन) र नेपलाी मूलका विदेशी नागरिकका लागि छुट्टै डेस्क राख्ने निर्णय भएको छ ।

नेपाली भाषा, संस्कृति र नेपाली माटोप्रतिको आत्मीयतालाई प्रगाढ बनाउन भन्दै विमानस्थल अध्यागमनको आगमन र प्रस्थान कक्षमा छुट्टै डेस्कको व्यवस्थापन गर्ने निर्णय भएको हो ।

अध्यागमन विभागले त्यसका लागि व्यवस्थापन गर्न भन्दै आइतबार विमानस्थल अध्यागमन कार्यालयलाई पत्राचार गरेको छ ।

यो निर्णयले एनआरएन र नेपाली मूलका विदेशी नागरिकलाई नेपालमा पर्यटन र लगानी प्रवर्द्धन गर्न प्रोत्साहित गर्ने अपेक्षासमेत राखिएको छ ।

धेरै पढिएको