६ बैशाख २०८१, बिहीबार
Follow Us

बर्दियामा ७० वर्षीया वृद्धा र झापामा १७ वर्षीया किशोरी बलात्कृत

नेपालब्रिटेन संवाददाता
१४ जेष्ठ २०८०, आईतवार १३:२४

काठमाडौं ।  बर्दियामा ७० वर्षीया वृद्धा महिलालाई र झपामा १७ वर्षीया किशाेरीलाई बलात्कार गरेकाे आराेपमा दुईजनालाई पक्राउ गरिएकाे छ ।  बर्दियामा ७० वर्षीया वृद्धा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका-४ मधुवन गाउँ बस्ने ६० वर्षीय मंगाराम थारुलाई प्रहरीले पक्राउ गरेको हाे । थारुले ती महिलालाई शुक्रबार पीडितकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।