७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन अमेरिकाको कार्यालय भवनको समुद्घाटन

नेपालब्रिटेन डट कम्
१६ जेष्ठ २०८०, मंगलवार ०७:३६

न्यूयोर्क । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाले खरिद गरेको आफ्नै सचिवालयको उद्घाटन भएको छ ।ने पालका प्रख्यात चिकित्सक भगवान कोइरालाले सचिवालयको उद्घाटन गरेका हुन् ।

अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्सस्थित सचिवालयमा पूजाअर्चनासहित अमेरिकाको विभिन्न राज्यहरुबाट आएका सदस्य, आमन्त्रित अतिथि तथा चन्दादाताहरुको उपस्थितिमा विधिवत रुपमा उद्घाटन गरिएको हो ।

स्थापनाकालदेखि पदाधिकारीसँगै रहेको सचिवालयको कागजातलाई एनआरएनए अमेरिकाले आह्वान गरेको छोटो समय पुरै रकम चुक्ता गरि आफ्नै सचिवालय खोली राख्न सफल भएकोमा बिश्वभरि रहेका सबै सदस्यहरुमा खुसी छाएको एनआरएनले जनाएको छ ।

गत मे २८ आइतबारका दिन बिहान ९ बजेको शुभ साइतमा पूजा अर्चना गरि सम्पन्न गरिएको छ । उद्घाटनपछि अतिथि डा भगवान कोइराला, एनआरएनए अमेरिकाका पूर्व अध्यक्षद्वय डा केशव पौडेल तथा खगेन्द्र जिसी तथा बिभिन्न व्यक्तित्वहरुले आफ्ना भनाई राखेका थिए ।

सोही साँझ भर्जिनिया राज्यकै फल्सचर्च स्थित एक अतिथी गृहमा आफ्नै भवन खरिद गर्न खुलेर दान गर्नु हुनेलाई ताम्रपत्र, प्रमाण पत्र तथा प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रमको सभापतित्व एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदीले गरेका थिए भने कार्यक्रममा अधिकांश पदाधिकारी सहित पूर्व अध्यक्ष डा केशव पौडेलको उपस्थिति रहेको थियो । सम्मान कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रियकी अध्यक्ष रबिना थापा प्रमुख अतिथिको भूमिका निर्वाह गरेकी थिइन् ।