१३ बैशाख २०८१, बिहीबार
Follow Us

भुटानी शरणार्थी प्रकरणमा फरार भएका महर्जन पुगे आफै अदालत

नेपालब्रिटेन संवाददाता
१८ जेष्ठ २०८०, बिहीबार ११:५४

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका हरिभक्त महर्जन अदालतमा हाजिर भएका छन् । बिहीबार काठमाडौँ जिल्ला अदालतमा उनी हाजिर भएका हुन् । यसअघि उनकी पत्नी लक्ष्मी महर्जनलाई प्रहरीले पक्राउ गरिसकेको थियो ।

अदालतमा हाजिर हुन आएका महर्जनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । अदालतबाट अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिएर महर्जनविरुद्ध आवश्यक कारबाही प्रक्रिया अघि बढाउने प्रहरीले तयारी गरिरहेको छ ।