लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय समितिको बैठक भोलि विहीबार बस्ने भएको छ। एनआरएनएका महासचिव गौरीराज जोशीका अनुसार बैठक नेपाली समय अनुसार साँझ ५ बजे भर्चुअल माध्यममार्फत आयोजना गरिने छ।
बैठकमा संघभित्र विगत चार वर्षदेखि जारी विवादको अन्त्यका लागि तयार गरिएको मोडालिटीबारे विस्तृत छलफल हुने बताइएको छ। गत मे महिनामा सम्पन्न एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित महेश कुमार श्रेष्ठ र वर्तमान संघ अध्यक्ष डा. बद्री केसीबीच यसै साता एकता गर्ने आन्तरिक सहमति भएपछि डा. केसीले बैठक आह्वान गरेका हुन्।
संघभित्रको लामो समयदेखिको विवाद यसै साता अन्त्य गरी १२औं बृहत् एकता महाधिवेशन गर्ने तयारी भइरहेको पनि बताइएको छ।