१५ चैत्र २०८०, बिहीबार
Follow Us

लण्डनबाट सिद्धार्थको घोषणा

नेपालब्रिटेन संवाददाता
१९ जेष्ठ २०८०, शुक्रबार ११:३०

काठमाडौं । लण्डनबाट नयाँ नेपाली फिल्म ‘सिद्धार्थ’को घोषणा भएको छ । यसअघि ’कैदीको पत्र’ निर्देशन गरेका सनमकुमार बैरागले निर्देशन गर्ने यो फिल्म बीस प्रतिशत बेलायतमा र बाँकी नेपालमा छायांकन हुने बताइएको छ ।

भिजन संसार र स्रित फिल्म एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने यो फिल्म घोषणाको लागि नेपालबाट निर्माताद्वय श्रीदेव बिएल र शारदा खड्का अर्याल बेलायत पुगेका थिए । फिल्ममा नेपालबाट श्रीदेव र शारदाको साथमा दिनेश केसी र युकेबाट दिल घले र नबिन थापा निर्माता रहेका छन् ।

सन् २०२४ को सुरुवातमा फ्लोरमा जाने यो फिल्मको लागि क्याप्टेन विजय लामा, पृथ्वीराज केसी र बिभिया श्रेष्ठले अभिनयको टुंगो लागिसकेको छ भने अन्य कलाकारको छनोट बाँकी नै रहेको निर्माता बिएलले बताए ।

घोषणा कार्यक्रममा यती नेपाली एशोशियसका पूर्व अध्यक्ष उमेशराज मोक्तान, फिल्म निर्माता तथा निर्देशक कपिल रिजाल, निर्माता निकेश लिम्बु, पूर्व काउन्सिलर भगवानदास चौहान, प्राध्यापक रुपक श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।