११ बैशाख २०८१, मंगलवार
Follow Us

करिम बेन्जेमा साउदीको अल-इतिहाद क्लबमा अनुबन्धित

नेपालब्रिटेन संवाददाता
२४ जेष्ठ २०८०, बुधबार ०४:१९

साउदी । फ्रान्सेली फुटबलर करिम बेन्जेमा साउदी अरेबियन क्लब अल-इतिहादमा अनुबन्ध भएका छन् । स्पेनिस ला लिगा क्लब रियल मड्रिड छाडेका फरवार्ड बेन्जेमा साउदीको प्रो लिग क्लब इतिहादमा अनुबन्धित भएका हुन् ।

उनले प्रो लिग च्याम्पियन क्लबसँग ३ वर्षको सम्झौता गरेका छन् । बेन्जेमाले १४ वर्षपछि रियल छाडेका थिए । बालोन डीओर विजेता बेन्जेमा सन् २००९ मा लियोनबाट रियल आएका थिए । बेन्जिमाले रियलबाट पाँच च्याम्पियन्स लिग र चार ला लिगा उपाधि जितेका छन् ।