२१ बैशाख २०८३, सोमबार
Follow Us

दीपक भट्टलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

नेपालब्रिटेन संवाददाता
२१ बैशाख २०८३, सोमबार ०९:४४

काठमाडौँ। सर्वोच्च अदालतले प्रहरी नियन्त्रणमा रहेका व्यवसायी दीपक भट्टलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ। उनकी पत्नी आयुष्मा नेपालले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले उक्त निर्देशन दिएको हो।

सुनुवाइका क्रममा अदालतले कारण देखाऊ आदेश जारी गर्दै सम्बन्धित निकायलाई भट्टलाई उपस्थित गराउन स्पष्ट निर्देशन दिएको जनाएको छ। दीपक भट्टलाई चैत १९ गते सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा पक्राउ गरिएको थियो।

धेरै पढिएको