२३ भाद्र २०८२, सोमबार
Follow Us

बालेनको हिन्दी फिल्म चल्न नदिने निर्णयविरुद्ध रिट निवेदन

नेपालब्रिटेन संवाददाता
६ असार २०८०, बुधबार १२:०४

काठमाडौं । भारतीय फिल्म आदिपुरुषलाई लिएर काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरभित्र हिन्दी फिल्म चल्न नदिने निर्णयविरुद्ध नेपाल चलचित्र संघ पाटन उच्च अदालत पुगेको छ ।

आदिपुरुषमा जानकी छोरी भारतमा जन्मिएको भन्ने शब्दलाई लिएर प्रमुख शाहले उक्त संवाद नसच्याएसम्म काठमाडौं महानगरमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने बताएका छन् । जसविरुद्ध बुधबार संघ उच्च अदालत पाटन पुगेको हो ।

संघले दायर गरेको रिट निवेदनमा काठमाडौंका हलमा हिन्दी फिल्म सञ्चालन गर्न दिन अन्तरिम आदेशको माग गरिएको छ । उक्त रिटको पेसी बिहीबारका लागि तोकिएको छ ।

धेरै पढिएको