१६ बैशाख २०८१, आईतवार
Follow Us

आज नेपालले वेस्ट इन्डिजसँग पहिलोपटक प्रतिस्पर्धा गर्दै

नेपालब्रिटेन संवाददाता
७ असार २०८०, बिहीबार ०५:४४

काठमाडौं । जिम्बाबेमा जारी आईसीसी विश्वकप क्रिकेट छनोट अन्तरगत तेस्रो खेलमा आज नेपालले वेस्टइन्डिज सँग प्रतिस्पर्धा गर्दैछ । राजधानी हरारेस्थित टाकासिंगा स्पोर्टस् क्लबमा खेल नेपाली समयअनुसार पौने एक बजे सुरु हुनेछ ।

एक दिवसीय विश्वकपको पुर्व विजेता समेत रहेको वेष्ट इन्डिजसँग नेपालले पहिलो पटक खेल्दैछ । नेपालको सुपर सिक्समा पुग्ने सम्भावना भने रहेको छ । वेस्टइन्डिज एक दिवसीय विश्वकपको पहिलो तथा दोस्रो संस्करणको विजेता हो ।

नेपाल भने पहिलो पटक औपचारिक रुपमा विश्वकप छनौट खेल्दैछ । नेपाल २ अंकका साथ समूह ए को तेस्रो स्थानमा छ भने वेष्ट इन्जिड दोस्रो स्थानमा रहेको छ । यसअघि नेपाल घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।

समूह चरणको अन्तिम खेल नेपालले पर्सि नेदरल्यान्डसँग खेल्नेछ । दश राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछन् ।