१० भाद्र २०८३, बुधबार
Follow Us

रसुवा बाढीः १२ बेलायती र १०५ भारतीयसहित ३८४ जना यात्रु बेपत्ता

नेपालब्रिटेन संवाददाता
१० भाद्र २०८३, बुधबार ११:५०

लण्डन । रसुवा बाढीबाट १२ बेलायती र १०५ भारतीयसहित ३८४ जना यात्रु बेपत्ता भएका छन्।

नेपाल पर्यटन बोर्डका अनुसार हालसम्म ३८४ जना यात्रु बेपत्ता भएको रिपोर्ट गरिएको छ। तीमध्ये ९३ जना नेपाली नागरिक र २९१ जना विदेशी नागरिक रहेका छन्।

बेपत्ता विदेशी नागरिकमध्ये १०५ जना भारतीय, १२ जना बेलायती, ३७ जना गैरआवासीय भारतीय (एनआरआई), १७ जना मलेसियाली, ४ जना दक्षिण अफ्रिकी, ३ जना अमेरिकी, १ जना अस्ट्रेलियाली र १ जना डच नागरिक रहेका छन्।

नेपाल पर्यटन बोर्डका अनुसार बाँकी १११ जनाको राष्ट्रियता भने अझै पुष्टि हुन बाँकी रहेको छ।

धेरै पढिएको