२२ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए यूके निर्वाचनः ४४२३ जनाले लिए सदस्यता, त्रिपक्षीय भिडन्त निश्चित

नेपालब्रिटेन संवाददाता
८ असार २०८०, शुक्रबार २३:१९


‘युरोपमा एनआरएनए यूके पहिलो स्थानमा’

लण्डन । गैरआवासीय नेपाली संघ यूकेको जुलाई तेस्रो साता हुने निर्वाचनको लागि करिब ४४२३ सय जनाले पंन्जिकृत सदस्यको लागि आवेदन दिएका छन् ।

एनआरएनए यूकेको सदस्यता भेरिफिकेशन समितिका संयोजक चिरन्जीबी ढकालका अनुसार तोकिएको अन्तिम समय शुक्रवार राती १२ बजेसम्म ४१३४ जनाको सदस्यता प्रमाणीकरण सकिएको छ ।

बांकी २८७ जनाको आवेदन प्रमाणीकरणको प्रकृयामा रहेको छ । गैरआवासीय नेपाली संघ यूके युरोप क्षेत्रमा सबै भन्दा धेरै सदस्य बनाउने राष्ट्रिय समिति बन्न पुगेको छ ।

संघको नेतृत्वको लागि एनआरएनए केन्द्रीय सदस्य दिनेश घिमिरे, वर्तमान उपाध्यक्ष डा. नारायण कंडेल, तमुधिं यूकेका पूर्वअध्यक्ष हितकाजी गुरुङ, र इंल्याण्ड राज्यपरिषदका अध्यक्ष एलबीजेड गुरुङले आकांक्षा राख्दै आआफ्नो उम्मेवारी घोषणा गरेका छन् । यस्तै, अध्यक्ष पदमा हान्सन गौचनले समेत उम्मेदवारी दिने दावी गरेका छन् ।

अध्यक्ष पदका आकांक्षीहरुका अनुसार एनआरएनए यूकेको अध्यक्ष पदमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । संघको नेतृत्वको लागि अघि सरेका घिमिरेले एनआरएनए प्रति वेलायतवासी नेपाली समुदायले देखाएको चासो र समर्थनले आफु उत्साहित भएको बताए । उनले शुरुका दिनमा अपेक्षा गरे भन्दा दोब्वर सदस्यता आफ्नो पक्षले बनाएको दावी गरे ।

उनले भने ‘एनआरएनए यूकेको सदस्यता वितरणको अवस्था शुन्य रहेको अवस्थामा हामीले यो अभियान संचालन गरेका थियौं । एक हजार पनि कट्दैनकी भन्ने आशंका थियो तर आजसम्म आइपुग्दा ४ हजार सदस्य बन्नु भनेको मेरोे जित सुनिश्चित हो ।’ घिमिरे पक्षले १५ सय भन्दा बढी सदस्यता आफ्नो पक्षले बनाएको आंकलन गरेको छ ।

उपाध्यक्ष डा. कंडेलले तीन जना उम्मेदवार हुंदा आफुले सजिलै चुनाव जित्ने दावी नेपालब्रिटेन डट कमसंग गरे । उनले अहिले चर्चामा आएका उम्मेदवारहरुले भन्दा धेरै सदस्यता वितरण गरेको र अर्को पक्षले बनाएका सदस्यहरुमा समेत आफ्नो पंहुच भएको कारणले भोटिङ स्वीङ हुंदा सुविधाजनक भोट ल्याएर चुनाव जित्ने बताए । उनले १७ सय भन्दा बढी सदस्यहरु आफ्नो पक्षले बनाएको दावी गरे ।

अध्यक्षका अर्का प्रत्यासी हितकाजी गुरुङले समेत आफुले चुनाव जित्ने दावी गरे । गुरुङले आफ्नो उम्मेदवारीले विघटनको संघारमा पुगेको संस्थाले पुर्नरजन्म लिएको बताए । संघको कार्यसमितिको सदस्य रहेका गुरुङले आफु चुनाव जित्नेमा ढुक्क रहेको जनाए । गुरुङ पक्षले समेत १५ सय भन्दा बढी सदस्यता संकलन गरेको दावी गरेको छ ।

इंल्याण्डराज्य परिषदका अध्यक्ष एलबीजेड गुरुङले सर्वसाधारणहरुले स्वफुर्त तरिकाले आफ्नो लागि सदस्यता बनेको दावी गरे । उनलाई जिताउन स्वीडन, क्रोयोडन, अल्डरशट, प्लमस्टेड क्षेत्रका युवाहरुको सकृयता रहेको बताइएको छ । गुरुङलाई नेपाली जनसम्पर्क समिति वेलायतको समर्थन रहेको छ ।

गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष शुनिलबाबु खड्काले संस्था निकै अप्ठ्यारोमा परेको वेला वेलायतबासी नेपालीहरुले सदस्यता बनेर संस्थाको शाख जोगाएको भन्दै धन्यवाद व्यक्त गरे । उनले आगामी निर्वाचनलाई स्वतन्त्र र निश्पक्ष बनाउन निर्वाचन समिति मार्फत काम भैरहेको जानकारी दिए । संघले निर्वाचन समितिको संयोजकमा संघका संस्थापक सचिव चिरन्जीबी ढकाललाई तोकेको छ । निर्वाचन समितिका अनुसार जुलाई २३ तारिख हुने निर्वाचनको लागि जुलाई १ तारिख अनलाइन मार्फत उम्मेदवारी दर्ता गर्ने तयारी संघले गरेको छ ।

[poll id=”3″]