१५ बैशाख २०८१, शनिबार
Follow Us

साफ च्याम्पियनसिप फुटबल: नेपाल र भारत प्रतिस्पर्धा गर्दै

नेपालब्रिटेन संवाददाता
९ असार २०८०, शनिबार ०५:५४

काठमाडौं । भारतमा जारी १४औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत साविक उपविजेता नेपालले आज दोस्रो खेलमा सावकि विजेता भारतसँग खेल्दैछ ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा नेपाल र भारतबीचको खेल राती पौने ८ बजे सुरु हुनेछ । सेमिफाइनल यात्राको सम्भावना कायमै राख्न नेपाललाई शतप्रतिशत जित आवश्यक छ ।

हेड टु हेडका आधारमा भारतले १६ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ । यसै प्रतियोगीताको पहिलो खेलमा नेपाल कुवेतसँग ३-१ ले पराजित भएको थियो ।

समूह ‘ए’ मा रहेको नेपाल अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ । पाकिस्तानलाई हराएको भारत शीर्ष स्थानमा रहेको छ । ८ राष्ट्रको सहभागिता रहेको साफमा नेपालले तेस्रो तथा समूह चरणको अन्तिम खेलमा आगामी मंगलबार पाकिस्तान विरुद्ध खेल्नेछ ।