लण्डन । रसुवा बाढीपीडितका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले १ करोड रुपैयाँसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
गैरआवासीय नेपाली संघको आपत्कालीन बैठकलाई बुधबार सम्बोधन गर्दै एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले पहिलो चरणमा ५० लाख रुपैयाँ सहयोग गर्ने र आवश्यकताअनुसार कुल सहयोग रकम १ करोड रुपैयाँसम्म पुर्याउने घोषणा गरे।
संघका अध्यक्ष डा. हेमराज शर्माको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गर्दै बाढीपीडितको उद्धार तथा राहत कार्यमा जुट्न सबैलाई अनुरोध गरेको छ।