१८ बैशाख २०८१, मंगलवार
Follow Us

डन-३ बाट शाहरूख अलग

नेपालब्रिटेन संवाददाता
२० असार २०८०, बुधबार ०६:२९

मुम्वइ । केही समयदेखि फ्यानहरू फरहान अख्तर र शाहरुख खानको जोडी एकसाथ आउने प्रतीक्षामा थिए। उनीहरु मिलेर डन फ्रेन्चाइजको तेस्रो फिल्म बनाउन लागेकाे खबर बाहिरिएकाे थियाे । तर, अहिले ‘डन’ शाहरूख खानले ले यो फिल्मबाट एक्जिट लिएका छन् ।

केही समय अघि पिंकभिल्लाले रिपोर्ट गरेको थियो कि शाहरुखले दर्शकको विश्वव्यापी खण्डलाई पूरा गर्न सक्ने व्यावसायिक फिल्महरूमा ध्यान केन्द्रित गर्न चाहेकाल यस फिल्मबाट पछि हटेका हुन । यसपछि खबर आयो कि अब रणवीर सिंहले फिल्ममा शाहरुख खानको स्थान लिनेछन् । यो खबर रणवीरका लागि खुसीको खबर थियो तर फ्यानहरु निकै निराश भए ।

रणवीर यो प्रोजेक्टलाई लिएर निकै उत्साहित छन् । अब अमिताभ बच्चन र शाहरुख खानको विरासतलाई अगाडि बढाउने जिम्मेवारी उनको काँधमा परेकाे छ। डन–३ मा रणवीरको संलग्नताको बारेमा उद्योगसँग सम्बन्धित स्रोतले ट्विटरमार्फत जानकारी दिएको छ । यो चलचित्र विगतका चलचित्र भन्दा नितान्त फरक हुने जानकारी दिए । फिल्म निर्माताहरूले यो फिल्मको घोषणा रणवीर सिंहको जन्मदिनमा मात्र गर्ने योजना बनाएका छन् ।

यो खबरले रणवीरका फ्यानहरु निकै खुसी छन् तर कतिपयहरु आक्रोशित पनि छन् । यस्तो क्लासिक फिल्मको मजाक गरेकोमा फरहान अख्तरलाई पनि मानिसहरूले ट्रोल गरेका छन्। एक प्रयोगकर्ताले लेखेका छन्, ‘म शाहरुख वा रणवीरको फ्यान होइन तर किंग खानलाई डन बढी सूट गरेकाे देख्छु । जसरी शाहरुखले यो भूमिका निर्वाह गरे, मानिसहरूले उनलाई हातमा लिए । रणवीरमा अभिनय शक्ति छ तर यस भूमिकाका लागि शाहरुखको बडी ल्याङ्ग्वेज उत्कृष्ट छ ।’