१२ श्रावण २०८१, शनिबार
Follow Us

बेल्जियममा युवापुस्ताको भूमिका (प्रतिवेदन)

नेपालब्रिटेन संवाददाता
२४ असार २०८०, आईतवार ०४:०६

रुविना शर्मा । नेपालीका लागि नेपाली भन्ने मुल नारा सहित सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघको अभियानले दुई दशक पुरा गर्न लागेको छ । सन् २००५ मा स्थापना भएको गैरआवासीय नेपाली संघ बेल्जियमले संघको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । संघको ९ औं महाधिवेशन सम्म आइपुग्दा एनआरएनए बेल्जियमले प्रवासका बस्ने नेपालीहरुको आवाज बुलन्द गर्दै आएको छ । बेल्जियममा रहेका नेपालीहरुको समस्याको समाधानको लागि संघले भूमिका खेल्दै आएको छ ।

यहाँस्थित नेपाली समुदायमा हुर्किदो दोस्रो पुस्तालाई यो अभियानमा जोड्नको लागि ठूलो चुनौती बन्दै आएको छ । सो चुनौतीलाई चिर्नको लागि संघले युवाहरुलाई परिचालन गर्ने नीति लिएको छ । सोही अनुसार संघले युवाहरुको कार्यदल मार्फत समुदायमा बिभिन्न गतिविधिहरु गर्दै आएको छ ।

गैरआवासीय नेपाली संघको सामथ्र्य र युवाहरूलाई सशक्त गर्न र समर्थन गर्ने क्रियाकलापहरू, चुनौतीहरू र भविष्यको योजनाहरूको अवलोकन प्रदान गर्ने उद्देश्य राखेका छौ ।

एनआरएनएमा नयां पुस्ता

अहिलेको चुनौती भनेको गैरआवासीय नेपाली संघमा दोस्रो पुस्तलाई कसरी जोड्ने भन्ने हो । उनीहरुलाई संस्थाले बिभिन्न अवसर प्रदान गर्ने गरि कार्ययोजना ल्याउन सकिन्छ । उनीहरूको आवाज सुन्न र प्रतिनिधित्व गर्ने मञ्च प्रदान गर्ने उध्यस्य राख्दछ । यस संघमा संग्लन भै, युवाहरूले नेपाली डायस्पोरा समुदायलाई प्रत्यक्ष प्रभाव पार्ने नीति र पहलहरूलाई आकार दिनका लागि योगदान दिन सक्छन्। । दोस्रो, एनआरएनए संलग्न हुनाले नेपाली युवा, व्यवसायी र नेपाल अथवा स्थानीय निकाय (नेपाल र आफु बस्ने देशमा) एक अर्कासंग जोडिने (नेटवर्किङ) अवसरहरू प्रदान गर्दछ। युवाहरूलाई अमुल्य सल्लाहहरु खोज्न, र व्यक्तिगत र व्यावसायिक वृद्धि बढाउने सहयोगहरू बढाउन सक्षम बनाउँछ ।

यस्तै संस्थामा भएको संलग्नताले युवाहरूलाई विदेशमा रहेका नेपाली समुदायसँग सक्रिय रूपमा संलग्न हुन सहजता बनाउछ । सामुदायिक विकास परियोजनाहरू, सांस्कृतिक कार्यक्रमहरू, र सामाजिक पहलहरू मार्फत युवाहरुले नेपालीहरूको जीवनमा सकारात्मक प्रभाव पार्न र आफ्नो सामाजिक भावनाको विकास गर्न सक्छन्। ।

संस्थाले आयोजना गर्ने सेमिनार, सम्मेलन, वर्कशप, प्रशिक्षण कार्यक्रमहरूबाट युवाहरु ज्ञान र सीप बढाउन सक्नेछन। यस्ता कार्यक्रममा सहभागी भएर, युवाहरुले नयाँ दृष्टिकोण प्राप्त गरि नेतृत्व क्षमताहरू विकास र विभिन्न अवसरहरू पहुँच गर्छन्। ।

यसबाहेक, गैर आवासीय नेपाली संघले नेपाली डायस्पोरा समुदायहरूको अधिकार र भलाइका लागि समर्थन गर्ने प्रयास गर्दछ । युवाहरूको यस संस्थामा सक्रिय सहभागिताले उनीहरूलाई यस्ता प्रयासहरुमा योगदान दिन र चुनौतीहरू सम्बोधन, समावेशीता प्रवद्र्धन र सांस्कृतिक सम्पदाको संरक्षण गरेर नेपाली डायस्पोरालाई सशक्त बनाउने काम गर्न सक्षम बनाउँछ। संघसँग संलग्न भएर, युवाहरूले नेपाली पहिचान, भाषा, परम्परा, कला र चाडपर्वहरूको संरक्षण र प्रवद्र्धनमा सक्रिय रूपमा सहभागी भई आफ्नो सांस्कृतिक जरा बलियो रहिरहने कुरा सुनिश्चित गर्न सक्छन ।

व्यवसायमा नयां पुस्ता

बेल्जियमा पछिल्लो समयमा हुर्किदो नयां पुस्ताको जमात लोभ लाग्दो रहेकोछ । उनीहरुले सिकेको ज्ञान र सीपलाई नेपाल र नेपाली समुदायको हितमा लागू गर्न सकिन्छ । नयां पुस्तालाई कुलतबाट बचाउनको लागि उनीलाई ससाना व्यवसायहरुमा समेत जोड्न सकिन्छ । युवाहरुबीच सामूहिक लगानीको अवधारणा अघि सारेर उनीहरुलाई व्यवसायमा संलग्नता गराउन प्रेरित गर्न संघले अग्रसरता लिन सक्छ ।

गैरआवासीय नेपाली संघ बेल्जियमले नेपालको विकासमा योगदान र्पुयाउने उद्देश्यले विभिन्न पहल र परियोजनाहरूलाई सक्रिय रूपमा समर्थन गर्दै आएको छ ।

संघमा युवाहरुको प्रतिनिधित्वको गरिएका गतिविधि

१. नेपाली भाषा स्कुल संचालन ।
२. यूट्युव मार्फत नेपाल बारे नयां पुस्तालाई जानकारी दिने ।
३. सामाजिक संजालको प्रयोगबाट नेपालको पर्यटकीय क्षेत्रको जानकारी दिने ।
४. पोल्याण्डमा भएको अन्तराष्ट्रिय फुटवलप्रतियोगितमा बेल्जियमको प्रतिनित्व ।
५. संघको राष्ट्रिय समितिको बैठक तथा कार्यक्रमहरूमा सकृय सहभागीता ।
६. नेपाल फेष्टीवलको संचालन तथा प्राविधिक सहयोग ।
७. नेपाल फेष्टीवलको लागि लुभेन नगरपालिकाबाट प्राप्त आर्थिक तथा भौतीक सहयोगको लागि प्रपोजल पेश ।
८. भाषा ट्रान्सलेशनमा सहयोग ।
९. बिभिन्न संघसँस्थासंग समन्वय तथा सहकार्य ।
१०. संघका चेक रिपब्लिका र स्वीडेनमा सम्पन्न क्षेत्रीय बैठकमा सहभागी ।


नीतिगत सुधारको लागि सुझाव

१. युवाहरुको परिभाषालाई परिवर्तन गर्दै आरक्षण पदको खरेजी हुनु पर्ने ।
२. युवाहरुको लागि आवश्यक आर्थिक बजेटको व्यवस्था ।
३. संस्थामा नयां पुस्तालाई जोड्न नियमित रुपमा क्यालेन्डर बनाएर गतिविधि संचालन गर्ने ।
४. संस्थागत संरचनामा परिवर्तन ।
५. युवा तथा नयां पुस्ताहरुलाई ज्ञान, सिप र लगानीमा जोड्न आवश्यक वातावरण तयार गर्ने ।

(गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् बेल्जियमको, नवौं महाधिवेशनको लागि राजेश केसीको सहयोगमा तयार गरिएको युवा प्रतिबेदनमा आधारित)