२४ असार २०८१, आईतवार
Follow Us

छिट्टै प्रतिबद्धता सहित औपचारिक रुपमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्छु : महेश श्रेष्ठ, उपाध्यक्ष एनआरएनए

नेपालब्रिटेन संवाददाता
२६ असार २०८०, मंगलवार १४:४७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) उपाध्यक्ष महेशकुमार श्रेष्ठले संघको हालै सम्पन्न युरोप र मध्यपूर्व एनआरएनए सम्मेलन आफ्ना लागि निकै उपलब्धिमूलक भएको बताएका छन् ।

गैरआवासीय नेपाली संघको आगामी ११ औं महाधिवेशनका लागि अध्यक्ष पदक आकांक्षी श्रेष्ठले ती सम्मेलनमा भाग लिएपछि आफू आगामी नेतृत्वका लागि जिम्मेवारी लिन उत्साहित रहेको नेपालब्रिटेन डट कमलाई सुनाए । युरोप क्षेत्रीय सम्मेलनका क्रममा अष्ट्रिया, जर्मनी, पोर्चुगल, बेल्जिमयलगायतका देशमा पुगेका श्रेष्ठले अहिले राष्ट्रिय समितिमा भइरहेको निर्वाचन र सदस्यता वितरणले संस्थाको शाख बढ्ने दाबी गरे ।

उनले छिट्टै प्रतिबद्धता सहित औपचारिक रुपमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने बताए ।

एनआरएनए वृत्तमा स्वच्छ छवि बनाएका श्रेष्ठले आगामी अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने चर्चासँगै उनी यतिबेला विश्वव्यापी भ्रमण छन् । यसअघि गैरआवासीय नेपाली संघको कोषाध्यक्षसमेत समालेका श्रेष्ठले संघको वित्तीय सुधारमा धेरै काम गरेको बताइन्छ ।

जापान र नेपालमा श्रेष्ठ सफल ब्यावसायी मानिन्छन् । हाईड्रो, बैंकिङ, रेमिट्यान्स, कृषि, आईटी, इन्सुरेन्स, आयात–निर्यात, भौतिक पूर्वाधारलगायत बिभिन्न व्यवसायिक क्षेत्रमा संलग्न श्रेष्ठले जापानबाट विद्यावारिधि (पिएचडी) गर्दै छन् ।

कोषाध्यक्ष हुँदा श्रेष्ठले संघको सचिवालयमार्फत् हुने आयव्यय ३–३ महिनामा सार्वजनिक गरेर चर्चा बटुलेका थिए । श्रेष्ठले चार वर्षअघि कोषाध्यक्ष पदमा उम्मेदवारी दिँदा संघको आर्थिक व्यवस्थापनलाई पारदर्शी बनाउन गरेको प्रतिबद्धता उनले पूरा गरेको मानिन्छ । उनको बोली र व्यवहारमा एकरुपता पाइन्छ । संगठनभित्र सबै पक्षसँग समन्वय र सहकार्य गर्ने श्रेष्ठको विशेषता भएको उनका समकालीनहरु बताउँछन् ।