२० बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए स्कटल्याण्ड निर्वाचनः सहमतिकै पक्षमा उम्मेदवार (भिडियो)

नेपालब्रिटेन संवाददाता
२७ असार २०८०, बुधबार ०४:१२

लण्डन । गैरआवासीय नेपाली संघ बेलायतको २२ जुलाईमा हुने निर्वाचनको लागि स्कटल्याण्ड राज्य परिषदबाट उम्मेदवार बनेकाहरु सहमतिको पक्षमा उभिएका छन् ।
नेपालब्रिटेन डट कमको लाइभ कार्यक्रममा बोल्ने बक्ताहरुले समाजको सहितको लागि अझै पनि सहमति गरेर अघि बढ्न सकिने बताए ।
कार्यक्रममा एनआरएनए स्टकल्याण्डका अध्यक्ष काशीराम भण्डारी, एनआरएनए यूकेको उपाध्यक्षका उम्मेदवार रामप्रसाद बगाले, मनिष खत्री, स्कटल्याण्ड राज्य परिषदको लागि अध्यक्ष पदका लागि उम्मेदवार बनेका दिवाकर पाण्डे, उज्वल पाण्डे, मोतिलाल खरेल, रामप्रसाद कंडले लगायतले आआफ्ना भनाईहरु राखेका थिए ।