२८ आश्विन २०८२, मंगलवार
Follow Us

विदेश जान लागेका शंकास्पद १५६ जनालाई विमानस्थलबाट फर्काइयो

नेपालब्रिटेन संवाददाता
२८ असार २०८०, बिहीबार १३:४४

काठमाडौँ । कागजातहरू शंकास्पद देखिएको भन्दै कुवेतलगायत मुलुक जान लागेका एक सय ५६ जनालाई विमानस्थलबाट फर्काइएको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार कागजात दुरुस्त नभएपछि शंका लागेर यही असार २५ गते ३७ जना, असार २७ गते एक सय एक जना र बिहीबार १८ जनालाई फर्काइएको हो।

कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत झंकनाथ ढकालले उनीहरूको भिसा परीक्षण गर्दा कतिपयको ‘वेटिङ फर एप्रुभ’ भनेको भेटिएको, कतिपयको व्यक्तिगत श्रम स्वीकृतिमा जान लागेको देखिएको, तर राजदूतावासबाट श्रम स्वीकृतिको बोधार्थ प्राप्त नभएको तथा एउटा देश भनी कागजात पेस गरिएको, तर भिसा अर्कै देशको रहेको पाइएकोलगायतका समस्याहरू देखिएको बताए।

‘यी कागजातहरू सही हुन पनि सक्छन् र गलत हुन पनि सक्छन्। तर, कागजात शंकास्पद देखिएकाले रोकिएका छन्। यस विषयमा वैदेशिक रोजगार विभाग, परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर मात्रै के रहेछ निर्क्याेल हुनेछ,’ उनले भने। त्यसअघि जोर्डन जान लागेका १५ जनालाई पनि यसैगरी फिर्ता गराइएको थियो। उनीहरूको विषयमा पनि निर्णय भइसकेको छैन।

धेरै पढिएको