२१ बैशाख २०८१, शुक्रबार
Follow Us

स्वास्थ्यमन्त्री बस्नेत बेलायतमा

नेपालब्रिटेन संवाददाता
३० असार २०८०, शनिबार ०८:३८

लण्डन । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेत बेलायत आइपुगेका छन् ।

नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङका अनुसार उनी एक निजी भ्रमणका शिलशिलामा लण्डन आएका हुन् ।

शुक्रबार साँझ लन्डन आइपुगेका उनलाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, नेपाली जनसम्पर्क समिति बेलायत सभापति युवराज गुरुङलगायतले लण्डन विमानस्थलमा स्वागत गरे ।

मन्त्री बस्नेतको स्वागतका लागि आरके त्रिपाठी, प्रवेश केसी, सूर्य नेम्वाङ, रोमियन लिम्बू, वीरेन खड्का, राजन गुरुङ, क्षमता ढकालसहितका दर्जनौं कांग्रेस कार्यकर्ता हिथ्रो विमानस्थल पुगेका थिए ।

निजी भ्रमणमै आएका भएपनि मन्त्री बस्नेतले बेलायती स्वास्थ्यमन्त्री स्टिभ बार्कलेसंग भेट्ने र यहाँका केही अस्पतालहरुको भ्रमण गर्ने पनि कार्यक्रम छ । त्यस्तै, जनसम्पर्क समिति बेलायतले पनि उनको सम्मानमा आइतबार बेलुका अल्डरसटमा एक स्वागत कार्यक्रम गर्नेछ ।