२४ असार २०८१, आईतवार
Follow Us

यी हुन् चेक गणतन्त्रमा बस दुर्घटनामा पर्ने ५ नेपाली !

नेपालब्रिटेन संवाददाता
२ श्रावण २०८०, मंगलवार २१:३१

लण्डन । देशको दक्षिणपूर्वमा रहेको चेक राजमार्गमा सोमबार दुईवटा बस एकआपसमा ठोक्किँदा एकजना बस चालकको मृत्यु भएको र ७६ जना घाइते भएको अधिकारीहरूले बताएका छन्। गैरआवासीय नेपाली संघ चेकका पूर्वउपाध्यक्ष रेम्बो जिसीका अनुसार सो घट्नामा ५ जना नेपाली घाइते भएका छन् ।

ती मध्ये ४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । एक जना नेपालीको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । उनको अवस्था सामान्य रहेको छ । दुर्घटनामा घाइते हुनेमा काठमाण्डौं बुद्धनगरको एउटै परिवारका सुवोध कुमार अधिकारी, मिथिला अधिकारी, विनोट अधिकारी, सरिता अधिकारी र मोना पोखरेल छन् ।

हंगेरीको राजधानी बुडापेस्टबाट प्राग जाँदै गरेको एउटा बस अर्कोको पछाडि ठोक्किएको अधिकारीहरूले बताएका छन्।