१६ बैशाख २०८१, आईतवार
Follow Us

अमेरिकाले भियतनामलाई तीन गोलले हरायो

नेपालब्रिटेन संवाददाता
६ श्रावण २०८०, शनिबार ०३:५२

काठमाडौँ । फिफा महिला विश्वकप फुटबलमा अमेरिकाले भियतनामलाई हराएको छ । आज बिहान न्युजिल्याण्डको इडेन पार्कमा भएको समूह ‘ई’ को खेलमा भियतनाम अमेरिकासँग ३–० ले पराजित भयो ।

अमेरिकाका सोफिया स्मिथले २ तथा लिन्डसे होरानले एक गोल गरे । जितसँगै अमेरिकाले तीन अंक जोडेको छ । आज अरु तीन खेल हुँदैछन् । समूह ‘सी’ को जापान र जाम्बियाबीच दिउँसो पौने १ बजे खेल हुनेछ । त्यस्तै समूह ‘डी’ को इंग्ल्याण्ड र हैटीबीच दिउँसो सवा ३ बजे तथा समूह ‘डी’ कै चीन र डेनमार्कबीच बेलुका पौने ६ बजे खेल हुनेछ ।

महिला विश्वकपमा हिजो भएको खेलमा स्पेन र स्विजरल्याण्ड विजयी हुँदा नाइजेरिया र क्यानडाले गोलरहित बराबरी खेलेका थिए । अस्तीदेखि सुरु भएको महिला विश्वकप फुटबल आउँदो अगस्ट २० तारिखसम्म चल्नेछ । विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् ।