लण्डन । गैरआवासीय नेपाली संघ अमेरिकाको अध्यक्षमा डा अर्जुन बन्जाडे विजयी भएका छन् ।
आइतवार भएको अनलाइन मतदानमा उनले अर्का प्रत्यासी डिलु पराजुलीलाई भारी मतले पराजित गरेका हुन् । बन्जाडेले ५ हजार ७ सय मत र पराजुली ४ हजार ७ मत प्राप्त गरे ।
एनआरएनए अमेरिकाको निर्वाचन पहिलो पटक फेस भेरिफिकेशन मार्फत गरिएको हो।
निर्वाचन आयोगले कुल १३ हजार ६ सय ९१ जनामा मताधिकार दिएको थियो।
निर्वाचन आयोगको पछिल्लो सूचना अनुसार ११ हजार दुई सय ६९ जनाले मतदान गरेका थिए ।