२२ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए थाईल्याण्डको अध्यक्षमा भविन्द्र वस्नेत निर्विरोध

नेपालब्रिटेन संवाददाता
९ श्रावण २०८०, मंगलवार ०१:०४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) थाईल्याण्डको आगामी दुई बर्षे कार्यकालको लागि अध्यक्षमा पुनः भविन्द्र वस्नेत निर्विरोध निर्वाचित भएका छन ।

सामाजिक काममा निकै अग्र भागमा रहनुभएका बस्नेतलाई सवैले समर्थन गरेपछि निर्विरोध निर्वाचित भएका हुन ।

निर्वाचनका लागि भएको मनोनयनमा अध्यक्षमा बस्नेतको मात्र अध्यक्षमा उम्मेदवारी परेपछि निर्विरोध भएका हुन । यस्तै कार्यसमितिको उपाध्यक्षमा क्रमशस्आतिश कृष्ण श्रेष्ठ,दानराज अधिकारी,राम गौतम, सरोज खना, महासचिवमा निरज वैद्य,सचिवमा राज बहादुर साउँद र अमित सिंह दाहाल,युवा संयोजकमा भूषण सिंह नेपाली श्रेष्ठ,महिला संयोजकमा सञ्जना तिम्सिना निर्विरोध निर्वाचित भएका छन ।

यसैगरी सदस्यहरुमा क्रमशस्अतित कोइराला,पवन तुलाधर,सरसिङ गुरुङ,राजु बलामी ,सोमफोप सुवेदी,हेमलाल खनाल रहेका छन । यस्तै अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यमा महेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन ।

आईतवार सम्पन्न महाधिवेसनमा नेपाली राजदुतावासका प्रथम सचिव खगराज पाण्डे,एशिया प्याशिफिक संयोजक पारसमणी पोखरेल,थाई नेपाली संघका पदाधिकारीहरुले बस्नेतको नेतृत्वमा निर्विरोध निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।