२२ बैशाख २०८१, शनिबार
Follow Us

आपतकालिन कोष स्थापना गर्ने एनआरएनए बेल्जियमको घोषणा

नेपालब्रिटेन संवाददाता
९ श्रावण २०८०, मंगलवार १८:४९

लण्डन । गैरआवासीय नेपाली संघ बेल्जियमले एक आपतकालिन कोषको स्थापना गर्ने भएको छ । गैरआवासीय नेपाली संघ बेल्जिमयकी महासचिव रुविना शर्माका अनुसार संघको सोमवार बसेको बैठकले सो निर्णय गरेको हो ।

नवनिर्वाचित सीता सापकोटाको अध्यक्षतामा बसेको प्रथम बैठकले ३ वटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।

सो कोषबाट बेल्जियमस्थित नेपालीहरुलाई वा देशमा आईपर्ने कुनै पनि आपतकालिन समस्याको लागि सहयोग गर्न गर्ने उदेश्य संघले लिएको छ ।

बैठकले नेपाली समुदाय बेल्जियमलाई एकढिक्का बनाई, भाईचारा र बन्धुत्वको विकास गराई समाजलाई एकताबद्द बनाएर लैजना पहल गर्ने एक संकल्प प्रस्ताव पारित गरिएको छ ।

यस्तै गैरआवासीय नेपाली संघ बेल्जियमको खड्क बहादुर केसीको अध्यक्षतामा रहेको निवर्तमान कार्यसमितिलाई बरबुझारथ तथा ९ औं महाधिवेशन सफलतापूर्ण सम्पन्न गराउनुभएकोमा धन्यवाद ज्ञापन गर्ने बैठकमा निर्णय भएको छ ।

बरबुझारथ सम्पन्न

बैठक अघि निवर्तमान कार्यसमितिले एक कार्यक्रमकाबीच गर्नु पर्ने बरबुझारथ गरेको थियो । निवर्तमान कार्यसमितिले संघको खातामा नगद रहेको जनाकारी दिदै सहित जिन्सी सामानहरु हस्तान्तरण गरेको थियो ।

सो कार्यक्रममा गैरआवासीय नेपाली संघका सचिव गंगाधार गौतम, निवर्तमान अध्यक्ष खड्क बहादुर केसी, अध्यक्ष सीता सापकोटा, निवर्तमान महासचिव रमेश कंडेल, निवर्तमान सचिव सुझाव भट्ट, निवर्तमान कोषाध्यक्ष लोकेन्द्र नेपाल, निवर्तमान युवा उपाध्यक्ष राजेश केसी, निर्वमान महिला संयोजक ईश्वरा शर्मा, कार्यसमितिका सदस्य तथा पदाधिकारीहरु, पत्रकार संघसंस्थाका प्रतिनिधिहरुको विषेश उपस्थिति थियो ।