२८ आश्विन २०८२, मंगलवार
Follow Us

वरिष्ठ सई पौडेलको हत्या आरोपमा होटेलका आमाछोराविरूद्ध उजुरी

नेपालब्रिटेन संवाददाता
१० श्रावण २०८०, बुधबार ११:४७

काठमाडौँ । प्रहरीले बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) उज्ज्वल पौडेल हत्या भएको भन्दै पौडेलका बुवा खेम शर्मा पौडेलले होटेलका सञ्चालक आमाछोराविरूद्ध उजुरी दिएका छन् ।

खेम शर्मा पौडेलले बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङमा होटेल सञ्चालक ५१ वर्षीया आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरविरुद्धविरुद्ध उजुरी दिएका हुन् ।

पौडेलसँग भएको २ तोला सुन लिने उद्देश्य साथ ज्यान लिने मनसायले छोराको टाउकोमा हात मुक्काले प्रहार गरी ढलाई भुईँमा ढलेपछि समेत छातीमा लात्तीले प्रहार गरी छोरालाई बेहोस पारी बेहोस अवस्थामा नै भुईँमा राखेको, घाँटी अठाई निर्ममतापूर्वक छोराको ज्यान मारेको घटनास्थल वस्तुस्थितिले पुष्टि गरेको उजुरी पत्रमा उल्लेख गरिएको छ ।

यसअघि जिल्ला प्रहरी कार्यालय बागलुङले पौडेलको हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । वरिष्ठ सई पौडेल बडिगाड गाउँपालिका-६ मा रहेको आशा होटेलको तल्लो तलामा पासो लगाएको अवस्थामा मङ्गलवार मृत फेला परेका थिए । प्रहरीले मंगलबारनै होटेल सञ्चालक आशा कुँवर र विनोद कुँवरलाई सोधपुछका लागि नियन्त्रणमा लिइसकेको छ ।

धेरै पढिएको