२१ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए सचिवमा अमेरिकाबाट कृष्णजीबी पन्तले उम्मेदवारी दिने

नेपालब्रिटेन संवाददाता
१७ श्रावण २०८०, बुधबार १८:३६

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिव पदमा कृष्णजीबी पन्तले उम्मेदवारी दिने भएका छन् । उनले संघको अक्टोवर महिनामा हुने ११ औं महाधिवेसनमा सो पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

यस अघि एनआरएनए अमेरिकाको वरिष्ठ उपाध्यक्षको कार्यकाल सम्पन्न गरिसकेका पन्तले एनआरएनए आइसीसीको आगामी कार्यकालका लागि सचिव पदमा उम्मेदवारी दिने भएका हुन् ।

उनले एनआरएनए अमेरिकाको बरिष्ठ उपाध्यक्षको जिम्मेवारी समेत समालेका छन् ।

लामो समय देखी मेरिल्याण्ड राज्यलाई कर्मथलो बनाएका पन्त सामाजिक रुपमा पनि उत्तिकै क्रियाशिल छन्