२ श्रावण २०८३, शनिबार
Follow Us

थाइल्याण्डका लागि नेपाली राजदूतमा ढकाल नियुक्त

nepalbritain news
८ जेष्ठ २०७६, बुधबार ०२:३२

काठमाडौँ । थाइल्याण्डका लागि नेपाली आवासीय राजदूतमा गणेशप्रसाद ढकाल नियुक्त भएका छन्।

मन्त्रिपरिषद्को सिफारिसमा परराष्ट्र मन्त्रालयका सहसचिव ढकाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार थाइल्याण्डका लागि राजदूत नियुक्त गरेकी हुन्।

नेपालको संविधानको धारा २८२ बमोजिम उनलाई मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

गत पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले थाइल्याण्डसँगै विभिन्न देशमा रिक्त राजदूत पदमा नियुक्तिको सिफारिस गरेको थियो।
डिसी नेपाल

धेरै पढिएको