१६ बैशाख २०८१, आईतवार
Follow Us

महिला विश्वकप फुटबलका नकआउट चरणका खेलहरु आजदेखि

नेपालब्रिटेन संवाददाता
२० श्रावण २०८०, शनिबार ०४:१३

न्युजिल्याण्ड र अष्ट्रेलियामा जारी फिफा महिला विश्वकप फुटबल २०२३ अन्तरगत आज देखि नकआउट चरणका खेलहरु सुरु हुदैछन् ।

नकआउटको पहिलो खेलमा आज स्वीजरल्याण्ड र स्पेन विच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समय अनुसार विहान पौने ११ बजे न्युजिल्याण्डको इडेन पार्कमा हुनेछ ।

स्वीजरल्याण्ड समुह ए को विजेताको रुपमा र स्पेन समुह सी को उपविजेताको रुपमा अन्तिम १६ मा पुगेका हुन् । हेड टु हेडका आधारमा पछिल्लो समय स्पेनले जापानलाइ ४-० गोल अन्तरले हराएको थियो ।

आजै हुने दोस्रो खेलमा समुह सीको विजेता जापान र ए को उपविजेता नर्वे विरुद्ध प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

३२ राष्ट्र सहभागी महिला विश्वकपमा १६ टिम बाहिरीसकेका छन् । अव ८ टिम क्वाटरफाइनलका लागि छनौट हुनेछन् ।