१६ बैशाख २०८१, आईतवार
Follow Us

स्पेन र जापान महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा

नेपालब्रिटेन संवाददाता
२० श्रावण २०८०, शनिबार १३:५७

वेलिङटन । स्पेन र जापान महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । शनिबार स्पेनले अन्तिम १६ को खेलमा स्विटजरल्यान्डलाई सजिलै ५–१ ले पराजित गरेको थियो भने जापानले नर्वेलाई ३–१ ले पराजित गरेर क्वाटरफाइनलको यात्रा तय गरेका हुन् ।

प्रतियोगिताको पहिलो नकआउट खेलमा स्पेनका लागि एटाना बोनमाटीले दुई गोल गरिन् । अल्बा रेडोन्डो, कोडिना र जेनफिर हरमासोले एक एक गोल थपे । स्विटजरल्यान्डका लागि लाइआ कोडिनाले एक गोल फर्काइन । अब स्पेनले अन्तिम आठमा प्रवेशका लागि नेदरल्यान्ड्स अथवा दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

यता, दुई पूर्व विजेताको भिडन्तमा जापानले नर्वेमाथि ३–१ को शानदार जित निकालेको हो । सन् २०११ को विजेता जापानले इनग्रिड एनगेनको आत्मघाती गोलको मद्दतले अग्रता लिएको थियो । गुरो रेटेनले नर्वेलाई लागि बराबरी गोल फर्काए । त्यससँगै पहिलो हाफ बराबरीमा टुंगेको थियो । त्यसपछि जापानका लागि सिमिजु र मियाजावाले गोल गरेका हुन् ।

उनीहरूको गोल क्रमशः दोस्रो हाफको ५० र ८१ औं मिनेटमा सम्भव भएको थियो । अब जापानले अर्को चरण प्रवेशका लागि अमेरिका र स्वीडेनबीच हुने अर्को क्वाटरफाइनलको विजेताको सामना गर्नेछ ।