१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए ११ औं महाधिवेसनः आजबाट प्रतिनिधि दर्ता सुरु

नेपालब्रिटेन संवाददाता
२५ श्रावण २०८०, बिहीबार ०९:५०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टोवरमा हुने ११ औं महाधिवेसनका प्रतिनिधि दर्ता सुरु भएको छ ।
गैरआवासीय नेपाली संघका अनुसार पहिलो चरणमा अगष्ट २६ तारिख सम्म संघका पूर्व पदाधिकारीहरुले ‘स्मार्ट एनआरएनए’ एप मार्फत आफ्नो प्रतिनिधि दावी गर्न पाउने छन् । बांकी १० प्रतिसत प्रतिनिधि संघको विधान अनुरुप संघको राष्ट्रिय समितिको कार्यसमितिको सिफारिशमा अगष्ट ३० तारिख सम्म केन्द्रमा पठाउनु पर्नेछ ।

संघको केन्द्रीय नेतृत्वको लागि निर्वाचन अक्टोवर तेस्रो साता हुदैछ । अध्यक्ष पदको लागि डा. बद्री केसी, डा. हेम राज शर्मा, रविना थापा, महेश श्रेष्ठ र आरके शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।

सम्पूर्ण पंजीकृत सदस्यहरुमा

गैरआवासीय नेपाली संघको विधान २०२२ को दफा २४.१ मा ३१ जुलाई भित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने र विधानको दफा १३.७ मा उल्लेखित अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरुको तोकिएको विवरण ३१ अगष्ट सम्म अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिवालयमा पेश गर्नु पर्ने छ भन्ने प्रावधान रहेको यहाँहरुलाई जानकारी भएकै विषय हो ।
यसै सन्दर्भमा मिति ६ अगष्ट २०२३ का दिन सम्पन्न भएको आइएसको १८ औं बैठकले महाधिवेशन प्रतिनिधिहरुको लागि मिति २०२३ को १० अगष्ट देखी २५ अगष्ट सम्म मात्र Smart NRNA App मार्फत नाम दर्ता खुला गर्ने निर्णय गरे अनुसार सो समय भित्र आफ्नो दर्ता गर्न हुन अनुरोध गर्दछौ ।
साथै महाधिवेशन प्रतिनिधिहरुको नाम दर्ता गैरआवासीय नेपाली संघको संशोधित विधान २०२२ को दफा १३.७, अनुसूची ६ र ६क र अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि ब्यवस्थानपन नियमावलीमा व्यवस्था भए बमोजिम हुने पनि यहाँहरु सबैमा जानकारी गराउँदछौ ।
संघको विधान र अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि ब्यवस्थानपन नियमावली यसै साथ संलग्न गरिएको छ ।

देहायका प्रतिनिधिहरुले प्रतिनिधि फारम भर्नु नपर्ने जानकारी गराउँदछौ । उहाँहरुको नाम स्वतः प्रतिनिधिको सूचिमा समावेश हुनेछ ।
१ बहालबाला आइसिसिका पदाधिकारी र सदस्यहरु
२ बहालबाला संरक्षकहरु
३ बहालबाला सल्लाहकारहरु
४ बाहालबाला संरक्षक परिषद्का सदस्यहरु
५ ०२३-२५ का लागि नवनिर्वाचित आइसिसि सदस्यहरु
६ नव वर्तमान राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरु
७ निवर्तमान राष्ट्रिय समन्वय परिषदका सदस्यहरु

गैरआवासीय नेपाली संघ सचिवालय