५ असार २०८१, मंगलवार
Follow Us

फुलबारी नेपाल” गजल प्रतियोगिताका लागि गजल आह्वान

नेपालब्रिटेन संवाददाता
२७ श्रावण २०८०, शनिबार ०१:५७

युट्युब च्यानल फुलबारी नेपालले आगामी मोतीजयन्तीको अवसरमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय नेपाली गजल प्रतियोगिता, २०८० का लागि गजल आह्वान गरेको छ । प्रतियोगितामा सहभागी स्रष्टाले आफ्नो गजल–भिडियो रेकर्ड गरी २०८० साल भाद्र १० गतेसम्म पठाउनु पर्नेछ ।

प्राप्त भएका गजलहरूमध्ये विज्ञद्वारा उत्कृष्ट ठहराइएका प्रथम, द्वितीय , तृतीय र पाँचवटा सान्त्वना गरी छनोट हुने आठ वटा गजलहरूको घोषणा मोतीजयन्तीको दिन (भाद्र २८ गते) गरिने फुलबारी नेपालले जनाएको छ । प्रतियोगितामा प्रथम हुने स्रष्टाले ५० हजार, दोस्रो हुनेले २५ हजार, तेस्रो हुनेले १५ हजार र सान्त्वना स्थान प्राप्त गर्ने ५ जनाले जनही रु २ हजार प्राप्त गर्नेछन् ।

फुलबारी नेपालले नेपाली गीत संगित र साहित्य विधा क्षेत्रका विभिन्न सामाग्री प्रसारण गर्दै आएको छ । यसअघि श्रावण मसान्तसम्मका लागि गजल आह्वान गरिएको भएपनि भाद्र १० गतेसम्मका लागि समय थप गरिएको फुलबारी नेपालले जनाएको छ ।

श्रव्य र दृश्य स्पष्ट भएको भिडियो (फोन/क्यामरालाई तेर्सो पारेर खिचिएको ल्यान्ड्स्केप (landscape) [email protected] मा इमेल गरेर पठाउनुपर्ने जनाइएको छ । प्रतियोगितासम्बन्धी अन्य जानकारी phulbarinepal को युट्युब च्यानलमा समेत हेर्न सकिनेछ ।