१५ बैशाख २०८१, शनिबार
Follow Us

परराष्ट्र मन्त्रालय बिरुद्धको मुद्दा फिर्ता नलिए पछि एनआरएनए विशेष अधिवेशन स्थगित

नेपालब्रिटेन संवाददाता
२७ श्रावण २०८०, शनिबार ०४:५४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आज हुने भनिएको विशेष अधिवेशन स्थगित भएको छ ।

गत असार ३ गते विनोद कुँवर समूह र एनआरएनएबीच एकतासम्बन्धी ४ बुँदे सहमतिलाई अनुमोदन गर्न विशेष अधिवेशनको आब्हान गरिएको थियो तर समझदारीपत्र अनुरुप विनोद कुँवर समूहले परराष्ट्र मन्त्रालय बिरुद्ध हालेको मुद्दा फिर्ता नलिए पछि विशेष अधिवेसन नहुने निश्चित भएको हो ।

संघको आइसीसी (केन्द्रीय समिति) बैठकले मुद्दा फिर्ता लिए पछि मात्र विशेष अधिवेसन गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।

विभाजनमा रहेको एनआरएनए अभियानलाई एक ठाउँमा ल्याउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा उक्त सहमति भएको थियो । सोही सहमति अनुरुप सो समूहकी नेता जानकी गुरुङले बेल्जियम र कुँवर कोरियाबाट संघको सदस्यता लिएर राष्ट्रिय समितिको निर्वाचनमा मतदानमा भाग लिएका थिए ।
यस्तै परराष्ट्र मन्त्रालय र सङ्घको विरुद्धमा अदालतमा हालेका मुद्दा फिर्ता लिने र गैर आवासीय नेपाली सङ्घसँग मेल खाने सोही प्रकृतिका अन्य गतिविधिहरू, संयन्त्र र संरचना खारेज गर्ने पनि सहमति भएको थियो ।

संघको पछिल्लो परिस्थितिका बारेमा छलफल गर्न आजै पदाधिकारी बैठक बस्ने भएको छ ।