१५ बैशाख २०८१, शनिबार
Follow Us

जनस्वास्थ्यमा एनआरएनए बेल्जियमको चासो, मानसिक स्वास्थ्य सम्बन्धी कार्यशाला हुने

नेपालब्रिटेन संवाददाता
१ भाद्र २०८०, शुक्रबार ०८:४१

लुभेन । गैरआवासीय नेपाली संघ (बेल्जियम) ले नेपाली समुदायको स्वास्थ्यमा चासो देखाएको छ ।
गत महिना निर्वाचन नयाँ कार्यसमितिले बेल्जियमस्थित नेपालीहरुको मानसिक स्वास्थ्य सम्बन्धी एक कार्यशालाको आयोजना गर्न लागेको अध्यक्ष सीता सापकोटाले जानकारी दिईन् ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको सहकार्यमा संघले सेप्टेम्बर २४ तारिख डिप्रेसन र मानसिक स्वास्थ्य : रोग, दसविधा र व्यवस्थापन शिर्षकमा एक भरर्चुअल कार्यक्रमको आयोजना गर्न लागेको हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अध्यक्ष डा. संन्जिव सापकोटाले समितिले संघका बिभिन्न राष्ट्रिय समितिहरुसंग सहकार्य गरेर विगत दुई वर्ष देखि स्वास्थ्य सम्बन्धी जनचेतना कार्यक्रम गर्दै आएको बताए ।

कार्यक्रममा डा. सापकोटा, डा वोधराज सुवेदी लगायत मानसिक स्वास्थ्य विषेशज्ञहरुले सो कार्यशालामा प्रस्तुति दिने संघकी महासचिव रुविना शर्माले जानकारी दिइन् ।
अगष्ट २४ तारिख आइतवार दिउंसो १ बजे देखि सुरु हुने सो कार्यक्रममा सहभागी हुन बेल्जियमस्थित नेपाली समुदायलाई संघले आग्रह गरेको छ ।