१६ बैशाख २०८१, आईतवार
Follow Us

कुनै गठबन्धन गरिएको छैन्, सबैलाई समेटेर अघि बढ्छु : महेश श्रेष्ठ, उपाध्यक्ष, एनआरएनए

नेपालब्रिटेन संवाददाता
१ भाद्र २०८०, शुक्रबार १३:५३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष महेश श्रेष्ठले संघको अक्टोवर महिनामा हुने निर्वाचनको लागि आफ्नो प्यानल नबनेको बताएका छन् ।
श्रेष्ठले नेपालब्रिटेन डट कमसंग भने ‘डा. केशव पौडेलले मलाई अध्यक्षमा समर्थन गर्ने सहमति बाहेक अरु कुनै निर्णय भएको छैन्’ । उनले आफ्नो प्यानलबाट बुद्धि सुवेदी महासचिव भनेर विभिन्न अनलाइनमा आएको समाचारमा कुनै सत्यता नरहेको बताए । यसअघि केही अनलाइन प्रोटलले श्रेष्ठ र पौडेलबीच सहमति हुँदा महासचिव पद सुवेदीलाई दिने निर्णय भएको समाचार प्रकाशन गरेका थिए ।

श्रेष्ठले अहिले बिभिन्न पक्षसंग छलफल जारी रहेको र बाँकी पदमा सबैलाई समेटेर लैजाने प्रतिबद्धता जनाए ।

संघको निर्वाचन अक्टोवर दोस्रो सातामा हुदैछ । अध्यक्ष पदमा डा. बद्री केसी, रविना थापा, डा. हेम राज शर्मा र आरके शर्माको नाम चर्चामा छ ।
संघका वर्तमान महासचिव डा. केशव पौडेलले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । महासचिवमा गौरीराज जोशी, गंगाधार गौतम, पारशमणी पोखरेलले उम्मेदवारी दिने घोषणा गरेका छन् ।