१८ बैशाख २०८१, मंगलवार
Follow Us

लन्डनमा स्वास्थ्य विज्ञहरुको भेला २२ अप्रिलमा

नेपालब्रिटेन डट कम्
२५ चैत्र २०७३, शुक्रबार ०७:४४

लन्डन । नेपाली जनस्वास्थ्य विज्ञ, अनुसन्धाता, मेडिकल स्पेशलिष्ट र अन्य स्वास्थ्यसंग सम्वन्धित पेशेवरहरुको एउटा वृहत भेला लन्डनमा हुने भएको छ । आगामी २२ अप्रिल दिउसो गोल्डेनसीप रेष्टुरेन्ट साउथ हयारोमा कार्यक्रम गर्न लागिएको आयोजकमध्ये एकजना जनस्वास्थ्य विज्ञ राजेन्द्र थापाले जानकारी दिएका छन् ।

बेलायतमा रहेका हेल्थ केयर प्रोफेशनलहरु एकै ठाउं भेला भइ आफ्ना अनुभव, दक्षता र सीप साटासाट गर्ने अनि बेलायतस्थित नेपाली समुदाय र नेपालमा रहेका सर्वसाधारणमाझ त्यो सीप र ज्ञान बांड्ने कार्यक्रमको उद्देश्य छ । ‘नेपालीलाई स्वास्थ्य रहन प्रेरित 
गर्ने हाम्रो उद्देश्य हो’, थापाले भने ।

१२ देखि ४ बजेसम्म हुने उक्त कार्यक्रम दुई चरणमा विभाजित हुनेछ । पहिलो चरणमा टक शो हुने र दोश्रो चरणमा संरचनागत विकासमा छलफल केन्द्रित हुने थापाले जनाए । आयोजकले स्वास्थ्य क्षेत्रमा लागेका र अन्य इच्छुकलाई सहभागिताका लागि आव्हान गरेका छन् ।

The details of the program are as below:
Date: 22/04/2017
Time: 11:30 registration (Program 12:00- 16:00)
Venue: Golden ship, 500 Northholt road, South Harrow, HA2 8HA
For further information,
Please contact:
Mr. Balkrishna Bushal: 07426396990
Mr. Rajendra Thapa: 07577605627