१९ असार २०८१, मंगलवार
Follow Us

प्राविधिक समस्या आए पछि वेलायतको हवाई सेवा प्रभावित

नेपालब्रिटेन संवाददाता
११ भाद्र २०८०, सोमबार २१:०५

लण्डन । बेलायतको एयर ट्राफिक कन्ट्रोल सिस्टममा प्राविधिक समस्या आएपछि हजारौं हवाई सेवा रद्द भएका छन् ।

नेशनल एयर ट्राफिक सेवाले विमान अवतरणको मत्रा सीमित गरेपछि मानिसहरू बेलायत र विदेशका विमान स्थलमा रोकिएका छन् ।

बिबिसीका अनुसार सोमवार दिउँसोको उडान मध्यरातसम्म हुने अपेक्ष गरिएको छ ।

सोमवार दिउँसो तीन बजे देखि सुरु भएको प्राविधिक समस्यको समाधानको लागि केहि समय लाग्ने बताइएको छ।