१९ असार २०८१, मंगलवार
Follow Us

एनआरएनए प्रतिनिधि पठाउने आज अन्तिम दिन, ठूला देशले अझै पठाएनन्

नेपालब्रिटेन संवाददाता
१४ भाद्र २०८०, बिहीबार ०४:००

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेसनको लागि केन्द्रमा प्रतिनिधि पठाउने आज अन्तिम दिन हो ।

गैरआवासीय नेपाली संघले ३१ अगष्ट २०२३ (आज) नेपाली समय राती १२ बजे सम्म प्रतिनिधिहरुको अन्तिम नामावली [email protected] मा पठाउन आग्रह गरेको छ ।

संघको विधानको दफा १३.७ मा अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचनमा भागलिने प्रतिनिधिहरुको तोकिएको विवरण अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिवालयमा पठाउन संघले अनुरोध गरेको छ ।

संघको एमआइएस प्रणालीमा दर्ता भएका राष्ट्रिय समन्वय परिषदहरुले पुराना पदाधिकारीहरुबाट छानिएका ९० र बांकी एनसीसीको निर्णयद्धारा पारित १० प्रतिशत प्रतिनिधिहरु पठाउन सक्ने छन् ।

तोकिएको समयसिमा भित्र प्राप्त नहुने प्रतिनिधिहरुको नामावली विधानतः अमान्य हुने गैरआवासीय नेपाली संघले जनाएको छ । विहिवार बिहानसम्म बेलायत, अमेरिका, जापान, बेल्जियम, अष्ट्रेलिया, क्यानाडा लगायतका देशले प्रतिनिधि पठाएका छैनन् । अधिकांस साना देशहरुले आआफ्ना प्रतिनिधिहरु केन्द्रीय कार्यालयमा पठाएका छन् ।