२७ बैशाख २०८१, बिहीबार
Follow Us

यी हुन एनआरएनए युकेले केन्द्रमा पठाएका ११ औं महाधिवेसन प्रतिनिधिहरु !

नेपालब्रिटेन संवाददाता
१४ भाद्र २०८०, बिहीबार १९:०२

लण्डन। गैरआवासीय नेपाली संघ यूकेले ११ औं महाधिवेसनको लागि केन्द्रीय प्रतिनिधिको नामावली पठाएको छ ।

संघका अध्यक्ष हितकाजी गुरुङका अनुसार संघले तोकेको समय सिमा विहिवार साँझ भित्र संघले केन्द्रीय प्रतिनिधिहरुको नाम केन्द्रीय सचिवालयमा पठाएको हो ।

गुरुङले ९० र १० प्रतिशत अन्तरर्गत संघका पूर्वपदाधिकारीहरु र नयां अनुहार र समाजका संघसंस्थाकाहरुलाई समेत समेटेर नामावली पठाएको जानकारी दिए ।

संघको ११ औं महाधिवेसनमा एनआरएनए यूकेबाट १५७ जना प्रतिनिधिले माग लिन पाउने छन् ।

एनआरएनए यूकेका महासचिव गोविन्द खरेलले संघको अक्टोवर तेस्रो साता महाधिवेसनमा बेलायतका प्रतिनिधिहरुको सकृय सहभागीता रहने बताए । उनले प्रतिनिधि चयनमा सके सम्म सम्पूर्ण प्रकृया पुरा गरिएको जानकारी दिए ।