२१ बैशाख २०८१, शुक्रबार
Follow Us

महानायक राजेश हमाल बेलायतमा !

नेपालब्रिटेन संवाददाता
१६ भाद्र २०८०, शनिबार २२:४४

लण्डन । चर्चित अभिनेता तथा महानायक राजेश हमाल बेलायत आइपुगेका छन् । विदेशमा रहेका नेपालीहरुसंग अन्तरक्रिया गर्न र नेपालीहरुको कथा सुन्न उनी बेलायत आएका हुन् ।
शनिवार राति लण्डन आइपुगेका हमाल एक महिना बेलायतमा रहनेछन् । उनले बेलायत वसाइका क्रममा विभिन्न ठाउँमा फरक पेशा ब्यवसायमा संलग्न नेपालीहरुलाई भेट्नेछन् र उनीहरुको कथा सुन्नेछन् ।

हमालले बेलायतमा रहेका धेरै नेपालीहरुलाई उनीहरुको कार्यक्षेत्रमै गएर भेट्ने र उनीहरुको भोगाइ तथा अनुभवबारे बुझ्ने प्रयास गर्नेछन् । महानायक हमाल केही च्यारिटी कार्यक्रममा समेत सहभागि हुनेछन् ।

लगत्तै यही शिलशिलामा उनी युरोपका विभिन्न देशहरु पनि पुग्नेछन् ।
विदेशमा रहेका नेपालीहरुको कथा सुन्ने र विशेष टेलिभिजन सिरिज ल्याउने उद्घोष गरेका अभिनेता हमालले सोही अभियानको प्रारम्भिक चरणमा बेलायत र यूरोपका विभिन्न देशहरुको भ्रमण गर्न लागेका हुन् ।

उनले विदेशमा बसेर विभिन्न क्षेत्रमा राम्रो सफलता पाएका नेपालीहरुको कथा आम नेपालीमाझ ल्याउनु आवश्यक रहेको र उनीहरुको सकारात्मक कथा धेरैका लागि प्रेरणादायी हुने बताएका छन् ।

त्यतिमात्रै नभएर उनीहरुसंग भएको अनुभव र दक्षतालाई नेपालसंग जोड्नुपर्ने र त्यसबाट देशले कसरी फाइदा लिने भन्नेतर्फ सोच्नुपर्ने पनि बताएका छन् ।