१५ मंसिर २०८२, सोमबार
Follow Us

एनपीएल खेल्न काठमाडौँ आईपुगे फाफ डुप्लेसीस

नेपालब्रिटेन संवाददाता
१५ मंसिर २०८२, सोमबार १३:०२

काठमाडौँ। दक्षिण अफ्रिकी लिजेन्ड क्रिकेटर फाफ डुब्लेसिस एनपीएलको दोस्रो संस्करणमा सहभागी हुन नेपाल आएका छन् । उनी केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भए ।

डुप्लेसिसलाई विराटनगर किङ्सले अनुबन्धित गरेको छ । उनले विराटनगरका बाँकी म्याचहरू खेल्नेछन् ।

डुप्लेसिसलाई विमानस्थलमा क्यानका पदाधिकारी र विराटनगर किङ्सका व्यक्तिहरूले स्वागत गरे । उनलाई ढाका टोपी लगाएर स्वागत गरिएको थियो ।

४१ वर्षिय फाफ यो सिजनको एनपीएलमा सहभागी सर्वाधिक हाइप्रोफाइल खेलाडी हुन् । उनी दक्षिण अफ्रिकाका सफल क्रिकेटरको सूचीमा पर्छन् ।

फाफले दक्षिण अफ्रिकाका राष्ट्रिय टिमबाट ६९ टेस्ट, १४३ ओडीआइ र ५० टी-२० खेलेका छन् ।

उनले दुई पटक टी-२० विश्वकपमा दक्षिण अफ्रिकाका प्रतिनिधित्व गरेका छन् । पछिल्लो पटक उनले २०२० मा टी-२० आइ खेलेका थिए ।

धेरै पढिएको