१९ असार २०८१, मंगलवार
Follow Us

वेल्स एनआरएनएको भेला तथा अन्तरक्रिया सम्पन्न

नेपालब्रिटेन संवाददाता
१७ भाद्र २०८०, आईतवार ००:००

वेल्स । गैर आवासीय नेपाली संघ बेलायत राज्य समन्वय परिसद वेल्सको भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। राज्य समन्वय परिसद वेल्सका अध्यक्ष विभूषणमान श्रेष्ठको अध्यक्षतामा भएको यस कार्यक्रममा एनआरएनए वेल्सका उपाध्यक्ष डा बिकाश रानाभाटले संघले गरेका पछिल्ला गतिबिधि सम्बन्धि प्रकाश पार्दै उपस्थितिको लागि सम्पूर्णमा धन्यवाद तथा स्वागत गर्नुभयो।

नेपाली समाज वेल्स, युकेकी अध्यक्ष लक्ष्मी केसी, एनआरएनए यूकेका उपाध्यक्ष कृष्ण भण्डारी र एनआरएनए यूकेका निबर्तमान उपाध्यक्ष, एनआरएनए वेल्सका संस्थापक अध्यक्ष एवं प्रमुख संरक्षक राम चन्द्र पोखरेलले कार्यक्रम सफलताको शुभकामना, नव निर्वाचित कार्य समितिलाई बधाई दिदै आ आफ्ना भनाईहरु राख्नु भएको थियो।

संघका सचिब डा अमर मल्लले संचालन गर्नुभएको उक्त कार्यक्रममा उपस्थित सदस्य तथा शुभचिन्तकहरुबाट शुझाब संकलन गरिएको थियो। संघलाई अझै सशक्त र जनमुखी बनाउंदै कार्य गर्न सुझाब दिनेहरुमा संजीब मैनाली, बल थापा, जीवन के सी, मनिता थापा, सावित्री कार्की, सुर्य ढकाल, बिजया भण्डारी, चित्रा देवकोटा, शालिकराम काफ्ले, भुवन खड्का, नेत्र भण्डारी, निरलाल मोक्तान, मिनराज थापा, भोज नारायण रेग्मी, बलराम अधिकारी र शोभा राणा पोखरेल हुनु हुन्थ्यो।

भेलामा निम्नानुसारको सुझाबहरु कार्यन्वयनार्थ प्रस्तुत भएका छन। जनहित संग सरोकार रहेका बेलायती तथा नेपाली कानुन सम्बन्धि अन्तरक्रिया गर्ने
वेल्समा रहेका बिभिन्न सहर तथा क्षेत्रहरुमा संघको विस्तार गर्ने वेल्समा रहेका नेपाली संस्थाहरुसंग हातेमालोका साथ आगामी कार्यक्रमहरु आयोजनार्थ प्रयास गर्ने जनहितसंग सरोकार रहेका सूचनाहरु संघको सूचना प्रणाली मार्फत सम्प्रेषण अझै प्रभाबकारी बनाउने

यसै भेलाले संघको कार्य समितिमा जीवन के सी र सुर्य ढकालको नाम प्रस्ताब सहित सर्ब सम्मत रुपमा पारित गरेको छ।

अन्तमा एनआरएनए वेल्स तथा भेलाका अध्यक्ष विभूषण मान श्रेष्ठले उपस्थित सम्पूर्णमा धन्यवाद सहित हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको थियो।