३१ असार २०८२, मंगलवार
Follow Us

लुम्बिनीमा एमाले नेतृत्व चयनका लागि मतदान सुरू

नेपालब्रिटेन संवाददाता
१९ भाद्र २०८०, मंगलवार ०५:१९

काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरू भएको छ ।

शनिबारदेखि बुटवलमा जारी एमाले प्रदेश अधिवेशनमा सोमबार गर्ने भनिएको मतदान मंगलबार बिहानलाई सारिएको थियो । मतदात मंगलबार बिहान देखि सुरु गरिएको हो ।

अधिवेशनबाट ५ जना पदाधिकारीसहित २ सय ५ सदस्यीय प्रदेश कमिटी चयन हुनेछ । ५ जना पदाधिकारीका लागि १५ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजालबीच प्रतिष्पर्धा छ । कँडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकट र रिजाल एमाले महासचिव शंकर पोखरेल निकट मानिन्छन् ।

धेरै पढिएको