ताजा खबर
आज ४ सय २५ जना थपिए, नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० पुग्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा ४२५ जनामा कोरोना भाइरस (कोभिड– १९) सङ्क्रमण पृष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज ३७५ पुरुष र ५० महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको बताए ।
नयाँ थपिएसंगै नेपालमा कोरोना सङ्क्रमतिको सङ्ख्या पाँच हजार ७६० पुगेको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार डिस्चार्ज हुनेको संख्या हालसम्म ९७४ पुगेको छ । जसमा पुरुष ८७७ र ९७ जना महिला रहेका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १९ जना पुगेको छ । हालसम्म ७३ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।

