१२ श्रावण २०८१, शनिबार
Follow Us

बेल्जियममा गायिका मल्लिकासंग महिलाले मनाए तीज

नेपालब्रिटेन संवाददाता
१९ भाद्र २०८०, मंगलवार ०७:४४

गेन्ट । बेल्जियमस्थित नेपाली महिलाहरुले तीज मनाएका छन् । गेन्टस्थित नेपाल डिलाइट रेष्टुरेन्टमा आयोजित तीज कार्यक्रममा गायिका मल्लिका कार्कीले आफ्नो प्रस्तुती दिएकी थिइन् ।

सोमवार साँझ आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघ बेल्जियमकी महासचिव रुविना शर्मा प्रमुखअतिथिको रुपमा उपस्थित थिइन् । कार्यक्रमको संयोजक समाजसेवी सरिता पौडेलले गरेकी थिइन् ।

कार्यक्रममा सहभागी महिलाहरुले नवनिर्वाचित महासचिव शर्मालाई सम्मान गरेका थिए । कार्यक्रममा गायिका कार्कीले रातै सारी रातै टिकी…..यति धेरै मान्छेहरुको बीचमा…..अच्छालिकीन लण्डनको चिसोले समाउला….लगायतका गीत प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा रेनु केसी, मैया नेपाल, एनआरएनए बेल्जियमकी संयोजक शारदा धिताल, सम्झना लामिछाने, कविता थपलिया, रस्मी निरौला र उमा पोखरेल लगायतको उपस्थिति थियो ।