१९ असार २०८१, मंगलवार
Follow Us

एनआरएनए निर्वाचन : महेश श्रेष्ठको महासचिव म नै हो : बुद्धि सुवेदी

नेपालब्रिटेन संवाददाता
२३ भाद्र २०८०, शनिबार २२:१७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निवर्तमान अध्यक्ष बुद्धि सुवेदीले संघको ११ औं महाधिवेसनमा महासचिव पदमा उम्मेदवारी दिने पुनः घोषणा गरेका छन् ।

संघको अध्यक्ष पदको लागि प्रत्यासी महेश श्रेष्ठको प्यानलबाट उम्मेदवारी दिने सहमति भए पनि पछि उनको टिकट खोसिएको थियो । तर सुवेदीले शनिवार प्राइमटिभीलाई दिएको एक अन्तरवार्तामा श्रेष्ठको प्यानलबाट आफुले उम्मेदवारी दिने बताए ।

लण्डनमा हालै सम्पन्न एक भेलाले श्रेष्ठको प्यानलको महासचिवमा वर्तमान सचिव गंगाधार गौतमलाई उम्मेदवार बनाउने निर्णय भए पछि सुवेदी असन्तुष्ट थिए ।

श्रेष्ठले १५ सेप्टेम्बरका दिन काठमाण्डौंस्थित हिमालय होटलमा एक समारोहकाबीच अध्यक्ष पदको लागि औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्दैछन् । गैरआवासीय नेपाली संघको महाधिवेसन अक्टोवर दोस्रो सातामा हुदैछ । अध्यक्ष पदमा डा. बद्री केसी, डा. हेमराज शर्मा, आरके शर्मा र रविना थापाले उम्मेदवारी दिने चर्चा छ ।