२२ बैशाख २०८१, शनिबार
Follow Us

सर्वसम्मत नेतृत्व चयन हुने सम्भवना छ : डा. हेम राज शर्मा, उपाध्यक्ष एनआरएनए (भिडियो)

नेपालब्रिटेन संवाददाता
२५ भाद्र २०८०, सोमबार १८:४८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले संघको आगामी महिना हुने ११ औं महाधिवेसनमा आफ्नो नाममा सर्वसम्मत हुन सक्ने तर्क गरेका छन् ।

डा. शर्माले सोमवार अमेरिकास्थित टिभी सन्डेलाई दिएको एक अन्तरवार्तामा अहिले बरिष्ठ उपाध्यक्ष भएको नाताले संघको नेतृत्व आफुले पाउनु पर्ने जिकीर गरे ।
संघको अध्यक्षको लागि आकांक्षी रहेका डा. शर्माले एउटा अधिवेसन नसकिदै अर्को अधिवेसनको लागि व्यापारीलाईनै नेतृत्व ल्याउने प्रचलनका कारणले संस्थाभित्र विकृति भित्रिएको बताए ।
उनले संस्था चलाउनको लागि पैसा हुने व्यक्ति आउनु पर्छ भन्ने मान्यता गलत भएको बताए । उनले भने ‘पछिल्लो समयमा पैसा हुने साथीहरुले संस्थाको लागि खर्च नगरेर आफुले निर्वाचन जित्नको लागि खर्च गर्नुभएको छ । अब संस्था चलाउन पैसा लाग्दैन् ।’

उनले आफुले महासचिवको जिम्मेवरी लिए पछि संस्थालाई रुपान्तरणको बाटोमा लगेको बताए । उनले संघको १२ औं महाधिवेसन देखि सबै पंन्जिकृत सदस्यहरुले मतदान गर्ने व्यवस्था मिलाउन आफु लागि पर्ने बताए ।

गैरआवासीय नेपाली संघको महाधिवेसन अक्टोवर १६ देखि २० तारिख सम्म काठमाण्डौंमा हुदैछ । सो अधिवेशनको लागि अध्यक्षमा डा. शर्मा सहित डा. बद्री केसी, महेश श्रेष्ठ, आरके शर्मा, रविना थापा र विनय अधिकारी आकांक्षी रहेका छन् ।