२१ बैशाख २०८१, शुक्रबार
Follow Us

भबिन साम्पाङ् राई गोर्खा नेपाली समाज मेडवेको अध्यक्ष बने

नेपालब्रिटेन संवाददाता
२५ भाद्र २०८०, सोमबार १८:५१

सेप्टेम्बर १० आइतबार जीएनसिएम (GNCM) गोर्खा नेपाली समाज मेडवेमा नयाँ कार्य समितिको चयन भएको छ ।

मेडवेको चाथाम टाउनमा रहेको नेपाली रेस्टुरेन्ट गोर्खा ब्रदर्समा सम्पन्न भएको नयाँ कार्यसमिति चयनका निमित्त निर्बाचन समितिमा पूर्ब अध्यक्ष तथा सल्लाहाकार द्वय भिम राई र श्रीमती निना गुरुङ (हाल मेडवे काउन्सिल मेयर) र बाबु पन्त रहनु भएको थियो ।

सुर्य बिक्रम राईको नेतृत्वको यस अघिको कार्यसमिति बिघटन पछि धन्यबाद दिंदै बिदाई गरे पश्चात निर्बाचन समितिले भबिन साम्पाङ् राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन प्रकृया पूरा गरे पछि नयाँ कार्य समितिलाई पद तथा गोपनियताको सपथ खुवाएर बधाई ज्ञापन गर्दै जिम्मेवारी हस्तान्तरण गरेको थियो ।

नयाँ कार्यसमितिमा; अध्यक्ष भबिन साम्पाङ् राई, उपाध्यक्ष द्वय ज्ञानेन्द्र राई र स्म्रीता राई, महा-सचिब हरित पोख्रेल, सह-सचिब केशब ढकाल, कोषाध्यक्ष रोशन राई, सह-कोषाध्यक्ष उत्तर पतङवा, साँस्कृतिक संयोजक श्रीमती सृजना निङ्लेकु(चर्चित भ्लगर), साँस्कृतिक सह-संयोजक चन्द्रावती राई, खेलकुद संयोजक राम काम्बाङ्, खेलकुद सह-संयोजक जोग आले, प्रोपर्टी, मिडिया, वेबमास्टर संयोजक मोहन सिं तामाङ् सहित महिला संयोजकमा श्रीमती उषा गुरुङ चयन हुनु भएको छ ।

समाजको निबर्तमान अध्यक्ष सुर्य बिक्रम राई सल्लाहकारमा नियुक्त हुनु भएको छ ।

मेडवे नेपाली समाज सानो भए पनि अत्यन्तै चर्चित र सफल नेपाली समाज मध्य अगाडी रहेको समाज हो ।

पूर्ब अध्यक्ष श्रीमती निना गुरुङ् अहिले मेडवे काउन्सिलको मेयर (नेपाली मुलकी युकेको पहिलो महिला मेयर) बनेर समग्र गोर्खा र नेपालीहरुकै उदाहरण बन्दै लोकप्रिय मेयरको छबि बनाई रहनु भएको उदाहरण छ ।

मेडवे नेपाली समाजले नेपालमा बिभिन्न आर्थिक र भौतिक सहयोग निरन्तर गर्दै उल्लेख्य योगदान पुर्याउँदै आईरहेको छ भने युक्रेन युद्दले आक्रान्त बनिरहेको यो बेला सकेको आर्थिक सहयोग संकलन गरेर सहयोग पुर्याउन सफल रहेको छ ।

मेडवे चर्चित गीतकार, कबि, लेखक र चर्चित युट्युबरहरुको बासस्थान भएकाले पनि यसै परिचित हो, यहाँको ऐतिहाँसिक र प्राकृतिक सौन्दर्यको कुरै नगरौं ।

को हुन् भबिन साम्पाङ् राई

खोटांगमा जन्मिएका भबिन साम्पाङ् राइको अफिसियल नाम भुपेन्द्र जँग राना साम्पाङ् राई हो । १९९९ सालमा ब्रिटिश सेनामा भर्ति भएर युके आउनु भएका साम्पाङ् सेवा निवृत्त पश्चात श्रीमती र एक मात्र सन्तान छोरा सहित जिलिंघाम टाउनमा बस्दै आउनु भएको छ ।

पदिय लोलुपता भन्दा बढी सामाजीक सेवाका निमित्त धेरै संस्थामा बिभिन्न पदमा रहेर समाजको सेवामा समर्पित भबिन अहिले पनि खोटांग सेवा समाज युकेको उपाध्यक्ष, रावाखोला सेरोफेरो युके, किरात राई यायोख्खा युके प्राकास मेडवे, किरात साम्पाङ् जुम्लेखा युके लगायत आधा दर्जन बढी संघ संस्था र समाजमा आबद्द भएर समाज सेवा गरिरहनु भएको छ ।

धेरै पटक आर्थिक सहयोग संकलन गरेर आर्थिक विपन्नताका कारण उपचार रोकिएका बिरामीको सफल उपचार देखि, बाढी पहिरो प्राकृतिक बिपत्ति अनि कोरोना कालमा समेत आर्थिक संकलन गरेर नेपालका बिभिन्न ठाउँमा खाना र नानाको समेत सहयोग पुर्याई रहनु भएको छ ।

खोटांग समाज युकेले खोटांग जिल्लामा ७ वटा एम्बुलेन्स प्रदान गर्दा चालक दललाई तालिम दिन समेत आफ्नो समय र खर्चमा युकेदेखी नेपाल गएर अमूल्य योगदान दिनु भएको थियो ।
स्नात्तकोत्तर सम्मको अध्ययन पूरा गर्नु भएका भबिन साम्पाङ् राईले अफगानिस्तान, ब्रुनाई, अधिकांस युरोपका देश, अमेरिका, क्यानडा, एसियाका धेरै देशहरुको भ्रमण सहित लामो समय सैन्य पेशाको अनुभब रहेको छ ।

गोर्खा नेपाली समाज मेडवेमा आफ्नो कार्यकालमा नेपाली समाजको निमित्त अति आवश्यक सामुदायिक भबनको जोहो गर्ने तर्फ आफ्नो ध्यान केन्द्रित रहेको र प्राबिधिक रुपमा अहिले समाजको पूर्ब अध्यक्ष हाल मेडवे काउन्सिलको मेयर रहनु भएको अवसरमा पहल गरे साथै स्थानीय दाजुभाई दिदि बहिनिहरुको साथ र सहयोग अनि प्रभुको कृपा रहे सोंचे अनुसारको कार्यमा सफल हुनेमा आफू बिश्वस्त रहेको बताउँदै सबैले होस्टेमा हैंसे गरेर अघि बढ्न अनुरोध गर्नु भएको छ ।