२७ असार २०८२, शुक्रबार
Follow Us

राजकीय सम्मानसहित नेम्वाङको अन्त्येष्टि गरिने, सार्वजनिक बिदा दिने सरकारको निर्णय

नेपालब्रिटेन संवाददाता
२६ भाद्र २०८०, मंगलवार ०५:२१

काठमाडौं । सरकारले संविधानसभा अध्यक्ष तथा एमालेका उपाध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिमा राजकीय सम्मान दिने निर्णय गरेको छ ।

मंगलबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्दै सोही दिन सार्वजनिक बिदा दिने निर्णय पनि हो ।

इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङको मंगलबार बिहान हृदयघातका कारण काठमाडौँमा निधन भएको थियो । उनको विदेशमा रहेका छोराहरू आइसकेपछि अन्त्येष्टि गर्ने तयराी गरिएको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको हो ।

धेरै पढिएको